दाङ । गढवा गाउँपालिका-१ मलमलास्थित डिल बहादुर कुमालको घरबाट १ थान भरुवा बन्दुक र नजिकैको गोठबाट बाह्र बोरको १ नाल बन्दुक सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त घरमा गङ्गेश्वर कुमालले लुकाई राखेको उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
हाल फरार उनीहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।