काठमाडौं महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु २ केजी सहित काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।