हिपमत डटकम

मंगलबार, साउन ३१, २०७९ || 32681  पटक पढिएको

काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नमा आगामी निर्वाचनमा जाँदा सहज हुने बताउनुभएको छ ।

मङ्गलबार निर्वाचन आयोग पुग्नुभएका संयोजक गौतमले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै गठबन्धनमा सामेल हुन नसके पनि माओवादी केन्द्रको चुनाव चिह्नमा जाँदा सहज हुने प्रतिक्रिया दिनुभयो ।

चुनाव चिह्नको जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको जानकारी उहाँले दिनुभयो ।

गौतमले भन्नुभयो, “हँसिया हथौडामा चुनावमा लड्न बाध्य भएँ । गठबन्धनमा नभइकन म सामेल भएको छु । कानुन सम्मत भूमिका के हुन्छ, प्रचण्डले सहर्ष स्वीकार गर्नुभएको छ । हाम्रो उद्देश्य २०७५ जेठ ३ गते गठन भएको पार्टी पुनर्गठन गर्नु नै हो ।”

पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले सत्ता साझेदार दल माओवादी केन्द्रको निर्वाचन चिह्न हँसिया हथौडाबाट आगामी सङ्घीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने पार्टीको आधिकारिक निर्णय जानकारी गराउन संयोजक गौतम आयोग पुग्नुभएको जानकारी दिनुभयो ।

पाण्डेले भन्नुभयो, “यसबारे दुई पार्टीको तर्फबाट निर्णय आयोगमा जानुपर्छ । माओवादी केन्द्रको निर्वाचन चिह्नबाट चुनाव लड्न तयार छौं भन्ने निर्णय आजै बिहान भएको हो ।”

उहाँले नेकपा एकता राष्ट्रिय अभियान पार्टीको दल दर्ताको काम यसअघि नै सकिसकेको तर माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भन्ने पार्टीको आधिकारिक कागजपत्र बुझाउन गौतमलगायतका नेताहरु आयोगमा पुग्नुभएको उल्लेख गर्नुभयो ।

यसैगरी, आयोगमा माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार दिएको पत्र आयोगमा बुझाएको छ ।

सो पत्रमा भनिएको छ, मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र नेसपा राजनीतिक दलको तर्फबाट कर्णाली प्रदेशमा मनोनयन गरिने उम्मेदवारको औपचारिक पत्र प्रदान गर्न माओवादीको साउन २६ गते र नेसपाको साउन २९ गतेको बैठकको निर्णय अनुसार अधिकार पाएको उल्लेख छ । आधिकारिक विवरण एवम् हस्ताक्षर पनि पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!