विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ । भारतीय फुटबल निकाय अल इन्डिया फुटबल फेडेरेसन ‘एआइएफएफ’ मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो ।

फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू–१७ महिला विश्वकप पनि सर्ने भएको छ ।

गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।
त्यसपछि फिफाको टोलीले एआईएफएफलाई विधान जुलाइको अन्त्यसम्ममा परिमार्जन गर्न र सेप्टेम्बर १५ सम्ममा चुनाव गरिसक्न निर्देशन दिएको थियो । तर सो अनुसार चुनाव नभएको फिफाले जनाएको छ ।

फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि विधान विपरीत कार्य हुँदै आएको थियो । फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान राखेको छ ।फिफाका अनुसार अब एआइएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन शुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!