हिपमत डटकम

मंगलबार, साउन ३१, २०७९ || 657  पटक पढिएको

विराटनगर। थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आइतबार विराटनगरमा विदाई गरिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् ।

कञ्चनबारी कराँते एकेडेमीले आज आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश यादव र साहिल गिरीलाई खादा लगाएर विदाई गरे । विदाई समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार राखे । उनले खेलकुदमा राम्रो गरे परिवारसँगै राष्ट्रको नाम र इज्जत फैलिने उल्लेख गरे । “खेलकुदका माध्यमबाट पनि समाज परिवर्तन गर्न सकिन्छ, युवाहरुलाई कुलत र विकृतिबाट सही बाटोमा लगाउन सकिन्छ,” मेयर कोइरालाले भने, “अझ खेलकुदका कारण अन्तर्राष्ट्रियस्तरमा मुलुकको नाम फैलाउन सकिन्छ ।” खेलकुदले समाजलाई समेत जोड्ने उनको भनाइ थियो ।

त्यस्तै विराटनगर ४ का वडाध्यक्ष जितन थापाले शिक्षा र स्वास्थ्य जस्तै खेलकुद पनि समाजको महत्वपूर्ण अंग भएको बताए । खेलकुदले युवाहरुलाई शारीरिक र मानसिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष थापाको भनाइ थियो । “मानिसको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य छ,” थापाले भने, “समाजलाई सही बाटोमा अगाडि बढाउन समेत खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

यही अगष्ट १९ देखि २३ तारिखसम्म थाइल्याण्डमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुँदैछ । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई कञ्चनबारी कराँते एकेडेमीले औपचारिक कार्यक्रम गरेर विदाई गरेको हो । कार्यक्रममा एकेडेमीका प्रमुख प्रशिक्षक चन्द्र पराजुली, एकेडेमीका उपाध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!