हिपमत डटकम

सोमबार, साउन ३०, २०७९ || 542  पटक पढिएको

तनहुँको म्याग्दे गाउँपालिका ५, छाङपाटनका टोप बहादुर कुमाल मिस्त्री काम गर्दै आएका थिए । बिहान ७ बजे घरबाट काममा निस्कने उनी खाना खाएर पुनः काममै खटिन्थे, राति अबेरसम्म पनि घर आइपुग्थेनन् । मजदुरी काम गरेर परिवार पालिरहेका थिए । घरमा बुवाआमासहित श्रीमती समिक्षा, दुई छोरा र एक छोरी छन् ।

विहीबार राति श्रीमती समिक्षालाई ‘श्रीमानलाई अरिंगालले टोक्यो’ भन्दै फोन आयो । कुमालसहितका साथीहरू मिलेर बेलुकी ८ बजे सेती नदीको किनारमा सिसौको रूखमा रहेको अरिङ्गालको गोला पोलेका थिए। गोला पोल्ने क्रममा अरिङ्गालले टोकेर उनलाई घाइते बनाएको थियो। अरिंगालको गोलो पोल्ने क्रममा दर्जनौंले चिलेपछि कुमाल बेहोस् भए । पछि उनी होसमा फर्किए ।

परिवारले रातारात पोखरा १०, शिवचोक स्थित अन्नपूर्ण हस्पिटलमा ल्याएर भर्ना गर्‍यो । जुन हस्पिटल बाल तथा स्त्री रोग विशेष हस्पिटल हो । त्यहाँ कुमाललाई ईमजेन्सीमा भर्ना भई सोहि दिन नै अन्नपूर्ण हस्पिटलले आइसियूमा ५ नम्बर बेडमा राख्यो । ल्याब रिपोर्ट पश्चात् मुटु, मिर्गौलाले राम्रो काम नगरेको, मिर्गौला डायलोसिस नहुने भन्दै शुक्रबार साँझ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रेफर गरेको रिपोर्टमा देखिन्छ । अस्पतालको लापार्वाहिको कारण आफन्तको ज्यान गएकोमा आफन्तहरु आक्रोसित छन् के भन्छिन् त श्रीमति अबको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!