गरिबको चमेली बोल्दिने कोइ छैन

कति तडपिदो होला ति निर्मलाहरुको आत्मा ?

बीरेन्द्रकुमार साह

शनिबार, साउन २८, २०७९
फ़ाईल तस्बिर

जन्मभूमिको माटो प्यारो लाग्छ र त यहि माटोमा हरेक दुख कष्ट सहेर सहेर पनि जीवनको हरेक पल दुख सुख काटिरहेका छौ। हाम्रो देश अझै पनि गरिबीको रेखामुनि नै छ। दिनभरि काम नगरी रातमा हातमुख जोड्न पनि हामीलाई समस्या हुन्छ यो मेरो मात्र होइन अधिकांश नेपालीको पिडा र बेदना हो।

मुट्ठीभर व्यक्तिले मात्र देशमा हक जमाएर बसिरहेका छन्। सबै सक्ति र शासन तिनै मुट्ठी भर व्यक्तिको अधिनमा छ। हामि त निरिह बनेर बसिरहेका छौ। आखिर कहिले सम्म हामि निरिह बनेर बस्नु पर्ने हो ?यो देशमा गरिबको बोलि बोल्दिने कोहि छैन ? देशको हरेक भागमा ,हरेक कुनामा करप्सन छ। हरेक स्थानमा सक्तिसाली व्यक्तिहरु कै हालीमुहाली छ। उनीहरुले गरेको हरेक निर्णय हामीले मानिदिनु पर्छ हामीले केहि बोल्ने दुश्प्रयास गर्यौ भने हामीले आफ्नो ज्यान सम्म गुमाउनु पर्छ। देशमा गुण्डाराज चलिरहेको छ गरिब दुखि ,बेसहाराको बोलिदिने को नै छ र यो देशमा। जसको बिश्वाश गर्यो उसले नै धोका दिन्छ। जसलाई सबथोक ठान्छौ उनीहरुले बस निर्वाचनको बेला हाम्रो टाउकोको गोटा गन्ति गर्छन् उनिहरुकोलागि त हामि किडा मकौडा जत्तिको पनि होईनौ।

केहि उदाहरण तपाईहरु माझ मा राख्न चाहन्छु। गरिब परिवारका युवा युवतीहरु जो दिनरात परिश्रम गरेर केहि मुकाम बनाउन चाहन्छन् जसले आफ्नो पहिचान आफ्नो मिहनेतको बलमा बनाउन चाहन्छन् उनिहरुको केहि मोल छैन हाम्रो देशमा। उनीहरुको कुनै भ्यालु छैन ति मुट्ठी भर व्यक्तिको सामुन्ने।

आज गरिबका छोराछोरी जो पढाई सकेका छन्। कसैले डिग्री गरेका छन् कसैले ब्याचुलर गरेका छन् तर अधिकांशले रोजगारीको अवसर पाएका छैन् उनीहरु राज्यले दिएको सुबिधा बाट समेत बन्चित रहेको कयौ उदाहरण मैले देखेको छु।
आज सरकारी जागिर कसले पाउछन् जो संग सक्ति छ जो संग पैसा छ। जसको कुनै व्यक्ति पावरमा पदमा छन् तिनै व्यक्तिहरुको वरिपरि घुमिरहन्छ कुर्सीहरू।

एउटा गरिबको छोराछोरीले निराशा बाहेक केहि पाएका छैन् हाम्रो देशमा यसको जिम्मेवार को ?एक पटक यस बिषयमा गम्भीर भएर चिन्तन गर्ने बेला आएको छ। एउटा सामान्य जागिर खान पनि लाखौ रुपैया घुष खुवाउनु पर्ने बाध्यता छ हाम्रो समाजमा अनि कसरि ति गरिबको छोराछोरीले जागिर पाउछन त ?एउटा जागिर खान नेता मन्त्रीको सिफारिस चाहिन्छ एउटा गरिबको सिधै सम्पर्क कहिले हुन्छ त नेता मन्त्रिसंग ?हो अहिले अधिकांश युवाहरु डिप्रेसनको सिकार भईरहेका छन् रोजगार नपाएर ,उचित अवसर नपाएर लाखौ शिक्षित युवाहरु विदेश हानिएका छन्।

जो नेपालमा छन् उनीहरुको जिवनमा निराशा बाहेक केहि देखिएको छैन्। उनीहरु त यो भ्रष्ट सिस्टमदेखि वाक्क भएका छनं जँहा देख्यो त्याह सिफारिस होईन अब यो देशमा गरिबको दिन कहिले आउछ ?कहिले गरिबको सन्तानले उचित अवसर पाउछन्। सबै गरिबका सन्तानले अवसर नपाएको भने होईन केहि व्यक्तिहरुले अवसर पाएका छन् तर त्यो प्रयाप्त छैन।

अब न्यायको कुरा गर्छु यसमा पनि व्यक्तिवाद नै हाबी भएको छ यसमा पनि सिन्डिकेट नै छ। गरिबले न्याय पाउन मुस्किल छ हाम्रो नेपालमा। प्रहरी चौकी ,अदालत सबै स्थानमा सोर्स नै चल्छ । पैसाकै बोलि सबैले सुन्छ तर गरिबको चित्कार कसैले सुन्दैन ,गरिबको दर्द गरिबको पिडासंग कसैको साहनुभूति छैन किन पनि हुनु गरिबहरु त उनिहरुकोलागी को नै हो र ?न्याय त बिक्छ हाम्रो देशमा बिचरा ति दिनरात मिहनेत हरेर दुई छाक टार्ने गरिबले कसरि किन्न सक्छ न्याय ?

आज गरिबको छोरि बलात्कृत हुदा पनि चुप्प लागेर बस्नु सिवाय भित्र भित्रै आँशु पिउनु बाहेक केहि पिकल्प छैन ति अभागी चेलीहरुको बुवा आमासंग किनकि उनको बुवा संग न्याय किन्ने औकात छैन। एकछिन सोच्नुस त कति पिडा हुदो होला ति बुवालाई जसले पटक पटक न्यायालयमा गएर मेरो छोरि बलात्कृत भईन न्याय चाहियो भन्दा पनि न्याय नपाउदा ?कति पिडा हुँदो होला निर्मला पन्तकि आमालाई आफ्नो छोरि गुमाउदा पनि उनको हत्यारालाई सजाय दिलाउन नपाउदा कति तडपिदो होला ति निर्मलाहरुको आत्मा ?

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया