हिपमत डटकम

शनिबार, साउन २८, २०७९ || 4804  पटक पढिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबीच नेपाली काँग्रेसले आधा र बाँकी दलले आधा सिट पाउने गरी सहमति हुनसक्ने विषय पार्टी बैठकमा राखेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा सिट बाँडफाँटाबारे अहिलेसम्म कार्यदलले गरेको प्रगतिबारे छलफलमा उनले त्यस्तो भनाई राखेका हुन् ।

बैठकमा प्रचण्डले काँग्रेसले १०० सिट दाबी गरेपनि ८० मा मान्ने विश्वास व्यक्त गरेको सहभागी एक नेताले बताए । प्रचण्डले सिट बाँडफाँटमा आफ्नो दलको दाबीबारे पनि सुझाव लिएका थिए । बैठकका सहभागीहरुले कम्तिमा ५० सिट दाबी गर्नुपर्नेमा जोड दिए । विगतमा नेकपा एमालेसँग मिलेर चुनाव लड्दा ८० र ४० मा सहमति भएको विषय पनि उठ्यो ।

काँग्रेसले १०० सिट लिएर समानुपातिकतर्फ समेतको जोडेर बहुमत नजिक पुग्ने रणनीति चालेको विषय पनि उठेको थियो । काँग्रेसले समानुपातिक र प्रत्यक्ष जोड्दा १०० सिट मात्र पुग्ने अवस्था बनेमा मात्र शक्ति सन्तुलन मिल्ने विश्लेषण समेत माओवादीमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!