हिपमत डटकम

शनिबार, साउन २८, २०७९ || 2594  पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

शुक्रबार मध्याह्न १२ बजेदेखि दिउँसो दुई बजेसम्म छलफल भएको राप्राका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । स्थानीय तह निर्वाचनपछि उनीहरूबीचको यो दोस्रो भेट हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा भेटवार्ता भए पनि विशेष एजेन्डामा छलफल भएको जानकारी नभएको प्रवक्ता श्रेष्ठले बताए ।

चुनाव नजिकिँदै जाँदा शीर्ष तहमा भेटघाट हुनु स्वाभाविक भएको भन्दै उनले भने, ‘उहाँहरू एउटै जिल्लाको भएको कारणले पनि पार्टी पार्टी बीचको सम्बन्धका विषयमा कुराकानी भएको हुन सक्ला तर कुनै विशेष एजेण्डामा छलफल भएको जानकारी छैन ।’

चुनावी तालमेल आवश्यकताको आधारमा हुनसक्ने भए पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मात्रै त्यसको निर्णय गर्ने उनले बताए ।

‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० साउनमा हुँदैछ । त्यसले तालमेलबारे निर्णय गर्ला । त्यसअघि कुनै निर्णय हुने सम्भावना छैन,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!