हिपमत डटकम

बिहिबार, साउन २६, २०७९ || 15993  पटक पढिएको

विराटनगर। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ २ बाट उम्मेदवार हुने पक्का भएको छ । सरकारले मंसिर ४ गते निर्वाचनको मिती घोषणासँगै कोईरालाले मोरङ क्षेत्र नम्बर २ मा गतिविधि बढाउँदै लगेकी छिन् ।

बिहिवार नेतृ कोईरालाले कांग्रेस मोरङ क्षेत्र नम्बर २ क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरिन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोरङ क्षेत्र न. २ को बिकास नै अब मेरो जिवनको उदेश्य हुने बताएकी छिन् । काँग्रेसका पूर्व सभापति एवम् पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद काईरालाकी छोरी सुजताले यो क्षेत्रसंग भावनात्मक सम्बन्ध पनि जोडिएकाले यस पटक मंसिरमा हुने निर्वाचनमा उठ्ने पक्का भएको हो ।

आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले जीवनको उर्वर समय उक्त क्षेत्रमा लगाएको बताउँदै भनिन्, म गत पटक चुप लागें, किनभने विरामी भएकाले डा. मीनेन्द्र रिजाललाई उठ्नुस भनेर मैले नै भनेको हुँ तर, यसपटक म आफै उठ्छु । नेतृ कोइरालाले निर्वाचनको मिती घोषणा भएसँगै यस क्षेत्रमा आफ्ना गतिविधि बढाएको देखिन्छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सुजातालाई नै “ग्रिन सिग्नल” दिएको दावी गरिएको छ । देउवाको सम्वन्ध डा. रिजालसित राम्रो छैन र, उनले पार्टीमा समेत केन्द्रीय सदस्य मनोनीत गरेनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!