हिपमत डटकम

बुधबार, साउन २५, २०७९ || 25509  पटक पढिएको
जय प्रकाश गुप्ता पुर्व मंत्री

बाँचे जीवित छन् । अमृत स्वयं पटकौं जेलमा रहे । सुशील कोइरालाका भाई अशोक कोइरालासँगै उनलाई पनि डंडामा कपडा बेरी, सो कपडामा धुलो खुर्सानी लगाएर उनको पनि गुदद्वारमा पसाईयो । यसमा पीडित एक जना बादल दंगाल बौलाएर मरे । अर्का पनि मरे । अमृत र अशोक कोइराला धेरै साथीहरूको सान्तवनाका कारण बाँचे, अशोक कोइरालाको मृत्यु भयो । अमृतको कथा म लेख्दैछु । म भुक्तभोगी हुँ, थुनामा थिए, यस खुर्सानी काण्डमा पीडित पारिए फेरी थुनामा पु¥याईदा तेहाँ अमृतलाई माया गर्ने, भरोसा दिने म संगै थिए मोरङको थुनामा ।
जयप्रकाश गुप्ता

कुरो सानो हो । तर मनमा गहिरो गरी लाग्यो । कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मेरा मोरङ कलेज कालिन साथी भएर लेखेको होईन, अपितु मोरङ जिल्लामा कांग्रेसको कित्ताबाट सर्वाधिक लोकप्रिय र सदैब जनसम्पर्कमा रहने नेता हुन् भनेर अधिकांशले मानेको हुनाले पनि लेखेको हुँ ।

मोरङको ५ नं. निर्वाचन क्षेत्रका उनी यस अघि निर्वाचित सांसद थिए । यसपछिको निर्वाचनमा उनी पराजित भएपनि सबभन्दा बलियो प्रतिद्वन्द्वी उनि नै थिए । यस पश्चात उनि निरन्तर ५ न. क्षेत्रका मतदाताका सम्पर्कमा रहेका हुन् । कांग्रेसको १४औं महाधिवेशनको क्रममा ५ न. क्षेत्रमा अधिकांश निकायहरूमा सर्वसम्मत ढंगबाट पार्टी प्रतिनिधि चयन भयो । उनी नेकाका निर्वाचित केन्द्रीय सदस्य पनि हुन् । यो त केही बिवरणहरू भए । यसले देखाउँछ कि आउने संसदीय निर्वाचनमा मोरङ ५ नं. क्षेत्रमा उनि बिजयी हुनका लागि कांग्रेसका सर्वाधिक संभावना भएका नेता हुन् । अब मैले भन्न खोजेको कुरा, हिजो मात्र कसैले मोरङ ५ नं. संसदीय क्षेत्रबाट अमृत अर्याल नेकाको उम्मेदवार हुने निश्चित छ भनेर फेसबुकमा लेखेका थिए । धेरैले यसको स्वागत गर्दै प्रतिक्रिया जनाएका थिए । आज स्वयं अमृत अर्यालले फेसबुकमा लेखेका छन् कि ‘मोरङ ५ नं. मा उनि नेकाको उम्मेदवार हुने पार्टीले कुनै आधिकारिक निर्णय गरिसकेको छैन ।’

अमृत अर्यालको यति भनाईका लागि मैले प्रतिक्रिया स्वरूप केही लेख्नु जरूरी थिएन । लेखे यस कारणले कि, अहिले कांग्रेसले स्वीकारेको चुनावी गठबन्धनका लागि मोरङ ५ न. क्षेत्र उपेन्द्र यादवको पार्टी जसपाले हत्याउने निश्चित छ । यस्तो आम बुझाई छ । यहाँबाट उपेन्द्रले पनि चुनाव लडेका थिए । जयराम यादव यहीबाट प्रदेश सभा सदस्य छन् । यही क्षेत्रको भरमा गत स्थानीय निर्वाचनमा उपेन्द्रका छोरा गठबन्धनका तर्फबाट महानगरपालिकामा उपमेयरको उम्मेदवार थिए । अपमानजनक रूपमा पराजित भए । अब संसदीय चुनावमा जसपाले यही क्षेत्रको माग गर्नेछ । यसर्थ, अमृतले बुझेको हुनुपर्छ कि गठबन्धनको इज्जतका लागि उनले शहीद हुनु पर्नेछ । उनि आत्मबल, सहास तथा लोकप्रियताको धरातलीय यथार्थताको आधारमा ‘म उम्मेदवार हुन्छु नै’ भन्न सकेका छैनन् ।
अमृतका पिता जी मुलुकका प्रजातान्त्रिक आन्दोलनका स्तुत्य सेनानी थिए । स्वयं दशौं पटक जेल जीवन बिताए । उनका जेठो दाई बिनोद अर्याल कांग्रेस नेतृत्वको शसस्त्र कारबाहीमा आफ्नो साख्य बैनी ज्वाईलाई (उनि प्रहरीमा थिए) हरिपुर काण्डमा गोली हानी मारे, बिनोद अर्याल बिमान अपहरण काण्डका नायक पनि हुन् ।
अमृतका माईलो दाई मदन अर्याल राष्ट्र बैंकका कर्मचारी थिए । गिरिजाबाबुको भनाईमा परी विराटनगरको राष्ट्र बैंकबाट काठमाण्डू जान लागेको ३६ लाख भारू बारे उनैले जानकारी गराए अनुसार बिमान अपहरण भयो । उनि बर्षौं जेल परे, जागिर गयो, आजीवन दुखःमा छन् । साईलो दाई मुन्नु अर्याल ८ बर्ष भारत निर्वासनमा रहें, भारत बंगालको आसनसोल निर उनि उपर गोली प्रहार गरियो ।

बाँचे जीवित छन् । अमृत स्वयं पटकौं जेलमा रहे । सुशील कोइरालाका भाई अशोक कोइरालासँगै उनलाई पनि डंडामा कपडा बेरी, सो कपडामा धुलो खुर्सानी लगाएर उनको पनि गुदद्वारमा पसाईयो । यसमा पिडीत एक जना बादल दंगाल बौलाएर मरे । अर्का पनि मरे। अमृत र अशोक कोइराला धेरै साथीहरूको सान्तवनाका कारण बाँचे, अशोक कोइरालाको मृत्यू भयो । अमृतको कथा म लेख्दैछु । म भुक्तभोगी हुँ, थुनामा थिए, यस खुर्सानी काण्डमा पिडीत पारिएक फेरी थुनामा पुर्यईदा तेहाँ अमृतलाई माया गर्ने, भरोसा दिने म संगै थिए मोरङको थुनामा ।
यो अमृत जो जनप्रिय पनि छ । चुनाव जितेर सिद्ध गरेको छ कि फेरी पनि जित्न सक्छ ।

मोरङको आफ्नो पुस्तामा सर्वाधिक लोकप्रिय पनि छ । संघर्ष र त्यागको लामो इतिहास पनि छ । कांग्रेसको बहालवाल केन्द्रीय सदस्य पनि हो, जो कांग्रेसको नीति निर्माण पनि गर्ने तहमा छ–त्यो मानिस अमृत आजको कांग्रेसमा यति भन्ने सहास राख्दैन कि ‘म संसदीय निर्वाचनमा मोरङ ५ नं. बाट उम्मेदवार हुन चाहन्छु ।’ कसैले फेसबुकमा शुभेच्छा सहित लेख्दछ अनि अमृत आत्तिएर खण्डन गर्दछ कि मेरो बारेमा पार्टीले आधिकारिक निर्णय गरेको छैन । त्यो कांग्रेस जसको थियो, अहिले शेरबहादुर देउवाजीको समयमा यस्तो भएको छ । (फेसबुकबाट साभार)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!