रबिन्द्र बराल

बुधबार, साउन २५, २०७९ || 6451  पटक पढिएको

रंगेली। नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ काे उपलब्धमा रंगेली नगरपालिकामा आदिवासी दिवस मनाएका छन् ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघकाे वडा समन्वय परिषदले रंगेली नगरपालिका १ स्थित बिर्ता वजारमा रहेको साझा भवनको प्राङ्गणमा साे कार्यक्रमकाे आयोजना गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य लिला बल्लव घिमिरे काे प्रमुख अतिथिमा उक्त कार्यक्रमकाे आयोजना गरिएको थियोे । कार्यक्रम प्रमुख अतिथि ले ब्यानर पढेर कार्यक्रम काे उद्घाटन गरेका थिए ।

साे कार्यक्रममा विभिन्न संस्थाले आफ्नो माैलिक परम्परा झल्काउने पहिचान सहित प्रदर्शन समेत गरेका थिए। रंगेली नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली , विभिन्न बडाका बडा अध्यक्ष , हाकिय बहादुर राई, दिपेन्द्र कुमार श्रेष्ठ , घनश्याम मंडल , नगर अध्यक्ष बद्री नारायण राजवंशी , धर्मेन्द्र कुमण मंडल, अनपूर्णा मंडल, लगायतकाे उपस्थिति कार्यक्रममा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!