राम प्रेम यादब

मंगलबार, साउन २४, २०७९ || 12285  पटक पढिएको

बिराटनगर। दुवै मिर्गौला खराब भएका एक बिरामीलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

हिपमत मिडिया हाउसको पहलमा मोरङको सुनवर्षि नगरपालिका वडा न २ अमरदहका दिल कुमार राजबंशिलाई उक्त आर्थिक सहयोग प्राप्त भएको हो ।

उनलाई पत्रकार तथा समाजसेवी बिरेन्द्र कुमार शाहले नगद ३० हजार ५० रुपैया रकम उपचार गराउन हस्तान्तरण गरेका थिए । उक्त रकम सुनवर्षि निवासि चिरन सिंह,भुपेन्द्र साह,गणेश सिंह र दिपक मण्डलले सहयोग गरेका थिए । सोही रकम हस्तान्तरणको क्रममा पत्रकार शाहले बिशेष धन्यवाद दिदै आफ्नो पसिनाको कमाईबाट यो मानवीय कार्यमा सदैव लागिरहनु हुने चिरन सिंह लगायतका समाजमा सबैलाई अपिल समेत गरेका छन्।

यस अघि पनि दिलकुमार राजबंशीलाई हिपमत मिडियाकै पहलमा उपचारकोलागी कोशी अस्पतालको प्राङ्गनमा १० हजार रुपैया सहयोग रकम उपलब्ध गराएको हिपमत मिडिया हाउसका अध्यक्ष बिरेन्द्र कुमार साहले जानकारी दिए।

दिलकुमार बाच्न चाहन्छन् उनि आफ्नो मिर्गौला प्रत्यारोपणकोलागि आशामा छन् र आफ्नो आमा तथा श्रीमतिको मिर्गौला मेल खाएमा केहि वर्षा अझ बाच्ने ईच्छा व्यक्त गरेका छन्। देश बिदेशमा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो जिवन बचाई दिन दिलकुमारले आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!