हिपमत डटकम

मंगलबार, साउन २४, २०७९ || 13237  पटक पढिएको

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तराष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् ।

उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या वारिधिको उपाधि दिइएको हो । उनले प्रोफेशनल डक्टरल सर्टिफिकेट ‘पीएचडी’ इन हस्पिटल म्यानेजम्यान्ट उपाधि पाएकी हुन् । अस्पताल व्यवस्थापनमा उत्कृष्ट योगदान गरेको मूल्याङ्कन गर्दै फ्रान्सको पेरिसस्थित केन्द्रीय कार्यालय रहेको युरोपेली अन्तराष्ट्रिय विश्वविद्यालयबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधिको उपाधि तथा विश्वव्यापी नेतृत्व सम्मान ( प्रोफेशनल डक्टरल सर्टिफिकेट ‘पीएचडी’ इन हस्पिटल म्यानेजमेन्ट एण्ड ग्लोबल लिडरसिप अवार्ड २०२२) बाट सम्मानित भएकी हुन् ।

यो उपाधि हरेक वर्ष विभिन्न देशका समाजमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा अनिशाको योगदानलाई उच्च कदर गर्दे यो उपाधी प्रदान गरिएको हो । उपाधी ग्रहण पछि संक्षिप्त भनाई राख्दै कार्यकारी निर्देशक विष्टले यो उपाधी आफनो मात्र नभई सम्पुर्ण स्वास्थ्य क्षेत्रको सम्मानको रुपमा लिएको र स्वास्थ्य क्षेत्रमा थप योगदान गर्न हौसला मिलेको बताइन् ।

न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलकी कार्यकारी निर्देशक विष्टले लामो समयदेखि अस्पताल व्यवस्थापनमा योगदान गर्दै आएकी छन् । केही समयअघि युरोपको प्रतिष्ठित युरोपियन इन्टरनेशनल युनिभर्सिटीबाट ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्टमा प्रोफेशनल डक्टरल उपाधिका लागि अनिशा नेपालबाट छनोट भएकी थिइन् । युरोपेली अन्तराष्ट्रिय विश्वविद्यालयको जसको मुख्यकलेज फ्रान्सको प्यारिसमा छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!