हिपमत डटकम

मंगलबार, साउन २४, २०७९ || 1934  पटक पढिएको

काठमाडौ । नेकपा एमालेले प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आज एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगाएतका नेताहरु आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गराएका हुन् । दल दर्तापछि एमाले उपमहासचिव ज्ञवालीले आगामी निर्वाचनमा एमाले गठबन्धन बनाएर चूनाव नलड्ने बताए ।

उपमहासचिव ज्ञवालीले विचार र एजेन्डा मिल्नेहरुसँग कहीँकतै तालमेल हुनसक्ने जिकिर गरे ।

निर्वाचनमा दलहरुका आफ्ना बिचारहरु जनतामाझ लगेर जनमत लिनुपर्ने भएपनि अहिलेको देखिएको गठबन्धनको प्रवृति लोकतन्त्रका लागि दिर्घकालिन रुपमा स्वस्थकर नरहेको उनको भनाइ छ ।

उपमहासचिव ज्ञवालीले कांग्रेस जस्तो कुनै समयमा दुईतिहाइ बहुमत ल्याएको पार्टी अहिले तालमेल नगरी एउटा पनि निर्वाचन क्षेत्रमा लड्न नसक्ने अवस्थामा पुग्नु राम्रो नभएको बताए । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबारसम्म निर्वाचन आयोगमा १० वटा दल दर्ता भएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!