हिपमत डटकम

मंगलबार, साउन २४, २०७९ || 1441  पटक पढिएको

काठमाडौ । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन ।

सांसद अधिकारीले आज संसद बैठकमा महिनाको दुई पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा इकपटक पनि नआएको भन्दै आपत्ति जनाएका हुन । सत्तापक्ष र सरकार संसदप्रति जवाफदेही नभएकाले महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको उनको भनाइ छ ।

सांसद हृदयेश त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताए् । नयाँ निजामति कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकारले काम गर्न नसक्ने उनको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीकी सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन भित्र व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने चेतावनी दिइन ।

सांसद जैरुले दलित समुदायका नागरिकलाई नागरिकता वितरण गर्दा नागरिकतामा अपमान गरेर कुकुर,कुकुर्नी जस्ता नाम राख्ने प्रशासकीय अधिकृतहरुलाई निलम्वन गर्न सरकारसँग माग गरिन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!