हिपमत डटकम

मंगलबार, साउन २४, २०७९ || 1746  पटक पढिएको

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने टी–२० अन्तर्राष्ट्रिय तथा एकदविसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सिरिजको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय तथा तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० अन्तर्राष्ट्रिय सिरिज अगस्ट २५ देखि ३० सम्म हुनेछ ।

नेपाललले केन्यासँग २५, २६, २८, २९ र ३० अगस्टमा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यस्तै, एकदिवसीय सिरिज सेप्टेम्बर २ देखि ५ सम्म हुनेछ । नेपालले २, ३ र ५ सेप्टेम्बरमा एकदिवसीय खेल खेल्नेछ ।

त्यस्तै क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको समेत घोषणा गरेको छ । क्यानले घोषणा गरेको टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् ।

नियमित रहँदै आएका कुशल भुर्तेल र विनोद भण्डारी टोलीबाट बाहिरिएका छन् । यस्तै ४ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।

नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!