हिपमत डटकम

सोमबार, साउन २३, २०७९ || 18262  पटक पढिएको

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् भने १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् ।

प्रभाकरले प्रशिक्षकको रुपमा अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरिसकेका छन् । यस्तै रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट यसोसिएसनको प्रशिक्षक रहिसकेका छन् ।

५९ वर्षीय प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए ।

नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर काम गर्ने उनको भनाइ छ ।
स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्केपछि पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!