हिपमत डटकम

सोमबार, साउन २३, २०७९ || 2107  पटक पढिएको

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा एक स्कुल बससहित ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २५ जना विद्यार्थीसहित ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

तिव्र गतिमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ६२४४ नम्बरको ट्रकले विपरित दिशाबाट हेटौंडातर्फ आउँदै गरेको स्थानीय रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार उक्त ट्रकले त्यसपछि पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएको र पल्टिएको ट्यांकरले बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो । त्यसपछि ट्रकले पुनः रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको लहरी ट्रकलाई पनि ठक्कर दिएको उनले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय हेटौंडा अस्पताल र हेटौंडा–११ को चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । दुर्घटनामा संलग्न सवारीहरू हटाएर हालसो राजमार्ग सुचारु गरिसकेको पनि उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!