बिराटनगर । लैङ्गक हिंसाको मुद्दामा पीडित मैत्री सम्वोधन सम्वन्धी नीति तथा कार्यक्रमबारे प्रादेशिक संवाद सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजमा अविभेद समानताको अभियान चलाउँदै महिलाहरुको न्याय र समानतताका लागि वकालत गर्दै आएको ‘महिला, कानुन र विकास मञ्च’ काठमाडौँको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
आईतवार बिराटनगर रोडषेश स्थित रहेको होटल ईस्टर्न स्टारमा आयोजित सो कार्यक्रममा दर्जन भन्दा बढी संघ संस्थाका प्रतिनीधिहरुका उपस्थिती रहेका थिए ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका शाखा प्रमुख दुर्गा वराल र अधिवक्ता सविन श्रेष्ठले कार्यक्रमको बारेमा प्रस्तुतीकारण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी प्रदेश १ का सामाजिक राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले समाजमा घट्ने सबै अपराधमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न र पीडितलाई न्याय दिलाउन नेपालमा आवश्यक ऐन कानुनको निर्माण भएको बताए । त्यसैगरी प्रदेश एक सरकारले पनि आवशया कानुन बनाएका छन् । हामी संघीयताको पहिलो चरणमा भएकोले ति कानुन कार्यन्वयनमा अलि जटीलता रहेको बताए ।
कार्यक्रममा बरिष्ठ अतिथी प्रदेश नम्बर १ का माननीयद्वय विन्दया कार्की र हिमा बस्नेत भट्टराई, प्रदेश १ का प्रहरी नायव उपरीक्षक सुदिप गिरीले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपस्थित रहेका नौं जनाले आफ्नो सुझाव राखेका थिए ।
कार्यकममा उच्च अदालत बिराटनगरका सह न्यायधिवक्ता कोष हरी निरौला, उच्च अदालत बिराटनगरका रजिस्टार रंजित बाबु थपलिया, मोरगं जिल्लाका डिएसपि राजन कार्की, उच्च अदालत बिराटनगरका बारका उपाध्यक्ष अनिल खडका, बिराटनगर महानगरपालिकाका कानुनी अधिकृत शारदा थपलिया, ए बि सि का संयोजक बिष्णु शर्मा, माईति नेपालका मोरगं जिल्लाका प्रमुख बिनोद पोख्रेल, साना हाथ मोरगंका प्रमुख विवश श्रेष्ठ, आईपास मोरगंका प्रमुख महेन्द्र मह्रती, युएनफपीए का मोरगं प्रमुख कृतीका थापा सहितको उपस्थिती रहेका थिए ।
कार्यक्रम महिला, कानुन र विकास मञ्चकी अध्यक्ष वरिष्ट अधिवक्ता मीरा ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।