हिपमत डटकम

शुक्रबार, साउन २०, २०७९ || 32303  पटक पढिएको

काठमाडौं। साफ यु-२० फुटबल प्रतियोगिताको उपाधि का लागि आज भारत र बंगलादेश भिड्दैछन् ।

खेल नेपाली समयअनुसार साँझ सवा सात बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ ।

प्रतियोगितामा अपराजित बंगलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।

बंगलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो ।

भारत भने बंगलादेशसँग दुई–एक गोलले पराजित भएको थियो । आज भारत हारको बदला लिने अवसर रहेको छ भने बंगलादेश सोही परिणाम दोहोर्‍याउदै उपाधि उठाउने प्रयासमा हुनेछ ।

प्रतियोगितामा बंगलादेश, भारत, नेपाल, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको थियो ।

सन् २०१९ मा भएको प्रतियोगितामा पनि फाइनलमा बंगलादेशलाई २–१ ले हराएर भारतले उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!