हिपमत डटकम

शुक्रबार, साउन २०, २०७९ || 732  पटक पढिएको

काठमाडौं। सप्तकोशीको डुबान प्रभावित क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ ।

उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार अहिलेस्थिति सामान्य हुँदै गएको छ ।

बाढी र डुबान प्रभावित बेलका नगरपालिकाका वडा नम्बर १, २, ३, ८ र ९ का गरी एक हजारभन्दा बढीलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको थियो ।

उद्धार गरिएकाहरुमध्ये धेरैजसो आफन्तकोमा रहेकोमा पानीको सतह घटेकाले आफ्नै घरमा फर्किएका हुन् ।

बाढी र डुबान प्रभावितहरूलाई इलाका प्रहरीको समन्वयमा नगरपालिकाबाट खाद्यान्न, टेन्ट, भाँडालगायत राहत वितरण गरिएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गरी अहिले पनि डुबान प्रभावित स्थानमा सुरक्षाकर्मी तैनाथी अवस्थामै राखिएको छ ।

बुधबार बिहान सप्तकोशीको भँगालो फुटेर बस्तीमा पस्दा उदयपुर र सप्तरीका केही बस्ती डुबान र कटानमा परेका थिए ।

सप्तकोशी नदीको एउटा भँगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण–पश्चिम क्षेत्रमा पसेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!