हिपमत डटकम

बिहिबार, साउन १९, २०७९ || 2865  पटक पढिएको
फ़ाईल तस्बिर

काठमाडौ । नेपालमा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ एन्टीजेन परिक्षणका क्रममा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५१ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ सय ४६, भक्तपुरमा १७ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ८ सय ७० पुगेको छ । आजसम्म चार जिल्लामा सक्रिय संक्रमितको संख्या दुईसय भन्दा बढी पुगेको छ । काठमाडौं र ललितपुरसहित मोरङ र कास्कीमा पनि सक्रिय संक्रमित दुईसय भन्दा उकलो लागेको हो ।

त्यस्तै थप ३ सय २४ जना संक्रमित निको हुँदा अहिलेसम्म ९ लाख ७१ हजार २ सय ५० संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय २ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

आज देशभर रहेका पाँच हजार छ सय दुई जना सक्रिय संक्रमितमध्ये पाँच हजार ४ सय ४० जना होम आइसोलेसनमा र १६२ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये ४४ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!