हिपमत डटकम

बिहिबार, साउन १९, २०७९ || 106930  पटक पढिएको

विराटनगर । बहुबिबाह मुद्धा र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिबादी पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा बहुबिबाह मुद्धाका सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. २ बस्ने ३६ बर्षीय सुशिल पोदार र सवारी ज्यान मुद्धाका सुनसरी धरान उप-महानगरपालिका वडा नं. २० देबिगाउ बस्ने २८ बर्षीय रामसरण राई रहेका छन् ।

उनिहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पोदारलाई आज र राईलाई गत १६ गते पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैलाई सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

प्रतिवादी शुशिल पोदार भएको बहुबिबाह मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७७।०३। ०१ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना १० दिन कैद र रु.१५,०००/- (पन्ध्र हजार) जरीवाना भई लगत नं. ६३६ मा कैद तथा जरीवाना र प्रतिवादी रामसरण राई भएको सवारी ज्यान मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०९।२८ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ४ दिन कैद र रु.२,०००/- (दुई हजार) जरीवाना भई लगत नं. १६३६मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका फरार प्रतिबादी थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!