गोपाल काफ्ले
पथरीशनिश्चरे। मोरङको पथरीशनिश्चरेका मेयर मोहन तुम्बापोको दवावमा ठेकेदार कम्पनी विएण्डवी कन्ट्रक्सनलाई ६४ लाख फिर्ता गर्ने निर्णय भएको छ । मेयर तुम्बापोले नियम विपरित ठेकेदार कम्पनीलाई ६४ लाख फिर्ता गर्न असार ८ र १० गते बसेको कार्यपालिका र नगरसभाबट पास गराएका छन् । निर्णयको चर्को आलोचना हुदा हुँदै बहुमत रहेको एमालेले कार्यपालिका बैठकबाटै रकम फिर्ता गर्ने निर्णय गरेको हो । वीएण्डवी कन्ट्रक्सनका संचालक भुपाल श्रेष्ठ नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्य हुन् । श्रेष्ठको कम्पनी वीएण्डवी कन्ट्रक्सनले नगरपालिकासँग २०७८ चैत्रमा डाँस खोलाबाट नदिजन्य बस्तु ढुङ्गा, गिटी र बालुवा उत्खन्न गर्ने १ करोड १६ लाख २० हजार ३ सय ५२ रुपयाँमा इबिड मार्फत सम्झौता गरेका थिए ।

रकम फिर्ता दिने निर्णय गरेको कार्यपालिकाको निर्णय र नगरसभाको निर्णय, सम्झौता पत्रको प्रमाणित प्रतिलिपि माग गर्दा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले दिन नमिल्ने बताए । अध्ययन गर्न दिन मिल्ने तर फोटो खिच्न र प्रतिलिपि दिन नमिल्ने बताए । सूचनाको हक प्रयोग गर्दा समेत सुचना लुकाइएको छ ।

श्रेष्ठको कम्पनीले ५ स्थानबाट खोल उत्खन्न गर्ने सम्झौता गरेको थियो । सो मध्ये ३ स्थानबाट ८ लाख ८५ हजार ८ सय ७८ घनफिट नदिजन्य पदार्थ उत्खनन् गरेको छ । सम्झौता अनुसार पथरीशनिश्चरेको वडा नं. ८, ९ र १० मा पर्ने डाँस खोलाको नदिजन्य बस्तु ढुङ्गा, गिटी र बालुवा उत्खन्न गर्ने भन्ने थियो । तर स्थानीयले अवरोधका कारण कम्पनीले सम्झौता अनुसार उत्खनन् गर्न पाएन । नगरलाई सहजीकरण गरिदिन भन्दै २०७९ वैशाखमा निवेदन दिएको र नगरले सहजीकरण गर्न नसकेको भन्दै कम्पनीले धरौटी रकम फिर्ता माग गरेको थियो । श्रेष्ठको कम्पनी वीएण्डवी कन्ट्रक्सनले स्थानीयको अवरोधकावीच पनि ५१ लाख ६६ हजार ५ सय ७५ रुपयाँको नदिजन्य बस्तु निकालेको इन्जिनियर सन्तोष केसीले बताए ।

वीएण्डवी कन्ट्रक्सनको माग गरे बमोजिम नगरबाट प्राविधिक जाँच गर्दा रकम फिर्ता गर्नुपर्ने देखिएपछि कार्यपालिका र नगरसभाले नै रकम फिर्ता दिने निर्णय गरेको नगर प्रमुख मोहन तुम्बापोले बताए ।

रकम फिर्ता दिने सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले लेखा फाँटलाई राय मागेका थिए । लेखा फाँटले दिएको रायमा वीएण्डवी कन्ट्रकसनले कुनैपनि बहानामा कम्पनीले धरौटी रकम फिर्ता माग गर्ने छैन् भनी उल्लेख भएकाले रकम फिर्ता दिनु नपर्ने राय पेश गरेको थियो । लेखा शाखाबाट आएको राय अनुसार सम्झौता र आर्थिक ऐनमा छुट दिने ब्यावस्था नभएका कारण उत्त विषयको निर्णयका लागि कार्यपालिका बैठकमा पेश गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले बताए ।

वीएण्डवी कन्ट्रक्सनका प्रोप्राइटर भूपाल श्रेष्ठले नगरपालिकासँग भएको सम्झौता अनुसार २५ प्रतिशत पनि काम गर्न नपाएपछि रकम फिर्ताको माग गरिएको बताए । ‘खोला उत्खनन गर्न भ्याट र आयकरसहित एक करोड ३६ लाख नगरपालिकालाई बुझाइएको छ । गाउँलेको विवादले खोला खन्न नपाएपछि ठेक्का रद्ध गरिपाउँ भनेर निवेदन दिएका थियौँ। तर नगरपालिकाले काम अघि बढाएन।’ भ्याट र आयकरवापतको रकम भने राजस्वमा गइसकेको र काम गर्न नपाएको रकम फिर्ता मागिएको श्रेष्ठले बताए। ‘काम गरेको रकम कट्टा गरेर अरु फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो, उनले भने, ‘काम नभएको पैसा फिर्ता माग्न पाउनु हाम्रो अधिकारको विषय हो।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!