राम नारायण ठाकुर

बिहिबार, साउन १९, २०७९ || 80296  पटक पढिएको

सिरहा । सिरहाको मिर्चैयामा लगातार चोरी हुँदा स्थानिय त्रसित भएका छन् । मान्छे शान्ति शुरक्षाकाे राम्रो अनुभूतिकाे लागि गाउँ छाडेर शहमा घर बनाईन्छ तरपनि सुरक्षा निकायको लापरबाहीले दिनदिनै चोरी हुन थालेपछी सुरक्षा चुनौती बनेका छन् ।

मिर्चैया नगरपालिका वडा नं.१,५,६ र ७ मा माघ महिनादेखि अहिलेसम्म दर्जन भन्दा बढी घरमा चोरी भएको छ । मिर्चैयामा पटक पटक चाेरीकाे घटना भईरहदापनी ईलाका प्रहरी कार्यालय मिर्चैयाले चाेरलाई समात्न सकिरहेको छैन् । चोर पक्राउ नपर्दा सर्वसाधारण थप त्रसित बनेका छन् ।

शनिबार राति मिर्चैया ७ कटारी जाने बाटो तथा बन कार्यालयकाे छेउमा रहेको बिरेन्द्र यादव मरिककाे घरमा चाेरी भएको छ । घरमा कोहि नभएको मौकाछोपी चोरले घरको ताल्चा फुटाई ८ ताेला सुन र २ केजीकाे चाँदिकाे गरगहना, नगद १० हजार र करिब ३० हजारकाे लत्ताकपडा चोरी भएको छ । जबकि घटनास्थल भन्दा करिव २ सय मिटरको दुरीमा कटारी चौकमा २४ औं घण्टा प्रहरीको ड्युटी हुन्छ । प्रहरी मुखदर्शक भएर बस्दा चोरीको क्रम रोकिएको छैन ।

शनिबार गाउँकाे घर कल्याणपुर नगरपालिका वडा नं. ७ भेडियाँमा घरमा पुजापाठ रहेकोले शुक्रबार घरमा ताल्चा लगाई मिर्चैयाबाट गाउँको घर गएको बेला घरमा काेहि नभएको मौकामा ताल्चा फुटाएर चाेरी भएको पिडित मरिकले बताए । घटनाको बारेमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!