हिपमत डटकम

बिहिबार, साउन १९, २०७९ || 795  पटक पढिएको

काठमाडौं। विमानबाट एक्कासी धुँवा निस्केपछि नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान आकस्मिक अवतरण गराइएको छ ।

विमानको शौचालयबाट धुँवा निस्किएपछि ७९ यात्रु बोकेर काठमाडौंका लागि उडेको श्री एयरलायन्सको जहाज करिब छ मिनेटपछि नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार विहान नौ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू फोर शुन्य शुन्य विमानमा एक्कासी धुँवा देखिएको हो ।

शौचालयभित्र धुँवा निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई नेपालगन्ज विमानस्थलमा फर्काएका हुन् । जहाज अवतरण भइसकेपछि हामीले पनि धुँवा देखिएको प्रतक्ष्यदर्शीले बताएका छन् ।

इन्जिन बन्द गरेपछि भने धुँवा रोकिएको विमानस्थल कार्यालयले जनाएको छ । अवतरणपछि विमानको प्राविधिक पर‍ीक्षण शुरु गरिएको छ । श्री एयरसँग बमबार्डियर चार र सीआरजे चार गरी आठ वटा जहाज छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!