काठमाडौ। यु–१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि पहिलो चरणमा साठी खेलाडी छनोट भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।
एन्फा कम्प्लेक्समा आयोजना भएको छनोटबाट ६० खेलाडी छानिएका हुन् ।
एन्फाले साफ अण्डर सेभेन्टिन च्याम्पियनसिप र एएफसी अण्डर सेभेन्टिन एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो ।
एन्फाले अण्डर सेभेन्टिन टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाइ नियुक्त गरिसकेको छ ।
श्रीलंकामा आयोजना हुने च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।
यस्तै समूह ’ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।
प्रतियोगिता आगामी सेप्टेम्बर ५ बाट हुनेछ । अण्डर सेभेन्टिन एसियन कप छनोट भने अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ ।