हिपमत डटकम

बिहिबार, साउन १९, २०७९ || 714  पटक पढिएको

काठमाडौ। उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य आज पनि जारी छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको हो ।

प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवका अनुसार प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएको छ ।

सप्तकोशीले चतरा क्षेत्रमा उदयपुरतर्फ कटान गरि भंगालो पसेको हो । भंगालो पसेर उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ डुवानमा परेको थियो ।

एक हजार पाँचसय घरपरिवार डुबानमा परेका छन् भने १० हजार घर परिवार उच्च जोखिममा परेका छन् ।

घर छाडेका अधिकांश प्रभावितहरु आफन्तको शरणमा बसेका छन् भने अन्य मानिसहरु विद्यालय र सामुदायिक भवनमा बसेका छन् ।

स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरुलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि परेको छ ।

रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेको छ ।

बेलका नगर प्रमुख अशोक कार्कीका अनुसार बेलैमा उद्धार कार्य थालिएकोले मानवीय क्षती भएको छैन ।

मोटरबोट, प्लाष्टिकको डुङ्गा, ट्याक्टर र सुरक्षाकर्मीको सवारी साधन उद्धारमा प्रयोग भएका छन् । उच्च जोखिम भएपनि कतिपय घरपरिवार सुरक्षित स्थान सर्न मानेका छैनन् ।

यसैबीच परराष्ट्रमन्त्री डा. नारायण खड्का आज प्रभावित क्षेत्रमा अवलोकनका लागि पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!