हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 2961  पटक पढिएको

बिराटनगर। उदयपुरको बेलका नगरपालिका-८ डुब्रिबोटेमा सप्तकोशी नदीले आज बिहान ४ बजे देखि बाँध कटान गरी सिसौली बस्तिमा पानी पसी डुबान शुरु भए पश्चात उक्त स्थानमा खटिएका नेपाल प्रहरी लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल समेतले डुवानमा परेका स्थानीय वासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राख्दै आईरहेको छ ।

डुवानबाट प्रभावित स्थानीय वासीहरुलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण बिराटनगर समेतबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

सप्तकोशी नदीले बाँध कटान गरी बेलका नगरपालिका-८ को सिसौली बस्ति र बेलाका नगरपालिका-३ को भाटेपुल बस्तिमा बाढी पसी डुवानबाट प्रभावित भएका ९ सय घर परिवारलाई बेलका नगरपालिका-९ स्थित रहेको डुँडखोला सामुदायिक भवन र सामुदायिक बिध्यालयको भवनमा तथा अन्य सुरक्षित स्थानहरुमा स्थानान्तरण गर्ने कार्य भईरहेको छ ।

डुवान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पुर्वधार बिकाश मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्र प्रहरी बल बराहबाहिनि पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्वर बाहिनि इटहरीका प्रमुख सेनानि, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी समेतले स्थलगत अवलोकन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!