हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 4350  पटक पढिएको

काठमाडौ । नेपाल राष्ट्र बैंकले कोरोना महामारीको समय उद्योग, व्यवसाय बचाउन दिइएका सबै सुविधा खारेज गरेको छ ।

राष्ट्र बैंकले आज एकीकृत निर्देशन जारी गरी कोरोनाको समय दिइएका सम्पूर्ण सुविधा हटाएको छ । राष्ट्र बैंकका अनुसार कोभिड सकिएपछि यस्तो सुविधालाई निरन्तरता दिन आवश्यक नदेखिएपछि हटाइएको हो ।

केन्द्रीय बैंकले उद्योग, व्यवसायीलाई राहत दिन २०७७ को मौद्रिक नीतिमा कोरोनाबाट प्रभावित विभिन्न पेसामा संलग्न व्यवसायीलाई प्रदान गरिने कर्जा कोरोना प्रभावितको वर्गीकरण गरी तिनले तिर्ने ऋणको समयावधि थप्ने, ब्याज पुँजीकरण नगर्ने, ऋणको पुनर्संरचना, पुनर्तालिकीकरण गर्ने सुविधा दिएको थियो । सोही व्यवस्थालाई गत वर्ष पनि राष्ट्र बैंकले निरन्तरता दिएको थियो ।

तर चालू आर्थिक वर्षमा आइपुग्दा अर्थतन्त्र नै डिलमा पुग्न लागेको, सो ऋणको दुरुपयोग भएको पाइएपछि राष्ट्र बैंकले कोरोनासँग सम्बन्धित सबै सुविधा हटाएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!