हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 24229  पटक पढिएको

काठमाडौ । संघीय सरकारले प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै भन्दै मधेस प्रदेश सरकारले चरणवद्ध संर्घष गर्ने निर्णय गरेको छ ।

मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज जनकपुरमा पत्रकार सम्मेलन गरी मधेस प्रदेशले चरणवद्ध संर्घष गर्ने निर्णय गरेको जानकारी दिएका हुन । मन्त्री साहले सात दिने अल्टीमेटमसहित दिइने ज्ञापनपछि पनि सरकार प्रहरी समायोजन नगरे संघर्षका थप कार्यक्रहरु सार्वजनिक गरिने बताए ।

मधेस सरकारले बाइस गते प्रदेशमा रहेका सबै दलका प्रदेश सभा सदस्यसहित सबै मन्त्रीहरुको उपस्थितिमा प्रदेश प्रमुखलाई सात दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

त्यसपछि थप आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ । प्रदेश सरकारले संघीय सरकारलाई यसबारेमा जानकारी गराउँदासमेत चित्तबुझ्दो जवाफ नआएको भन्दै चरणवद्ध आन्दोलन घोषणा गरेको हो । मन्त्री साहले गृह मन्त्रालयमा प्रहरी समयोजना सम्बन्धि सबै कामहरु पूरा भएको र प्रधानमन्त्री र केही कर्मचारीहरुले नै यसलाई आलटाल गरिरहेको आरोप लगाए । प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका नेताहरुलाई ज्ञापन बुझाएको तर संघीय सरकार समायोजन गर्नका लागि गम्भीर नदेखिएको आरोप लगाएको छ ।

मधेस सरकारको निर्णयमा प्रदेशका सबै राजनीतिक दलको समेत समर्थन रहेको छ । मधेस प्रदेश सरकारको अगुवाईमा असार २३ गते ६ वटा प्रदेशका गृह मन्त्रीहरुको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनलाई आधार लिई संघीय सरकारले आगामी साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!