हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 2190  पटक पढिएको

काठमाडौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य समायोजन नभएको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

आयल निगमको प्रधान कार्यालय अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन । पेट्रोलियम पदार्थको स्वचालित रुपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने चेतावनी अनेरास्ववियूको छ ।

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आइओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीको ज्ञापनपत्र बुझ्दै नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले निगमले अझै १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले मूल्य समायोजन गर्न नसकिएको बताए ।

निगमले स्वचालित मूल्य प्रणाली लागू गर्न प्रतिवद्ध रहेको जनाएको छ । प्रदर्शनमा सहभागी विद्यार्थीले सरकारविरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!