हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 2191  पटक पढिएको

काठमाडौ । दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन छ ।

प्रशिक्षक नहुँदा तत्कालका लागि टोलीको अभ्यास अन्योल नै छ । नेपाल क्रिकेट संघ क्यानले भने नयुक्तिका लागि प्रारम्भिक कार्य थालेको जनाएको छ । क्यानले विदेशी प्रशिक्षकहरुसँग सम्पर्क गरिरहेको र राम्रो प्रशिक्षक छिट्टै नियुक्त गर्ने जनाएको छ ।

क्यानले कठिन अवस्थामा रहेको नेपाली क्रिकेट सम्हाल्न सक्ने प्रशिक्षक ल्याउन खोजेको जनाएको छ । क्यानको सम्पर्कमा विश्वका नाम चलेका प्रशिक्षक पनि रहेको बताइएको छ । नेपाली क्रिकेट उकास्न खेलाडीको मनोभावना बुझ्नसक्ने प्रशिक्षक आवश्यक भएको क्रिकेटरहरु बताउछन ।
भारत, श्रीलंका,पाकिस्तानका लेभल थ्री कोर्ष गरेका प्रशिक्षक हुँदा नेपाली टोलीलाई सहज हुने खेलाडीहरुको भनाइ छ ।

आइसिसी विश्वकप लिग टु बाट १६ खेल खेल्दै ओडिआई मान्यता जोगाउनुपर्ने भएकाले उच्च स्तरको प्रशिक्षक नेपाली क्रिकेट टोलीका लागि आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!