मंगलबार, मंसिर १७, २०७६ || 2260  पटक पढिएको

हिपमत डटकम
इटहरी , मंसिर–१७ ।
फिल्म झिंगेदाउमा नायिका आंचल शर्मा गाउले विवाहित युवतीको भूमिकामा देखिएकी छन् । तस्विर सार्वजनिक भए संगै शर्माको फरक लुक देख्न पाईएको हो । यस अघि उनले पोते लगाए पनि सिन्दुर लगाएर अभिनय गरेकी थिइनन् । सार्वजनिक तस्विरमा उनलाई टिपिकल नेपाली विवाहित नारीको रुपमा देख्न सकिन्छ ।

खोटांगको हलेशीको छायांकन सकिए संगै फिल्मको बाकि छायांकन काभ्रेमा हुने छ । लामो ग्यापपछि ज्ञानेन्द्र देउजाको निर्देशनमा फिल्म बन्न लागेको हो । साहित्यकार भीमनीधि तिवारीको आख्यानमाथि फिल्मको कथा बग्ने छ ।
फिल्ममा मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा केकी र मुकुन, आँचल र कुशलको जोडीलाई हेर्न सकिनेछ । निर्माता कम्पनी कपन गढीले रहेको छ । फिल्ममा विष्णु कल्पितको छायांकन, पासाङ टी शेर्पा कला निर्देशक, अर्जुन पोखरेलको संगीत र पटकथा एवं संवाद प्रदीप भारद्धाजको रहने छ । निर्माता एवं निर्देशकको रुपमा स्वयम देउजा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!