हिपमत डटकम

मंगलबार, साउन १७, २०७९ || 3389  पटक पढिएको

म्याग्दी। म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका दुई रुमको घाङ्लेपानीमा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका पाँच जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र पाँच वर्षीया छोरी रोजी विकको मृत्यु भएको हो ।

यस्तै त्यही ठाउँमा पहिरोल अर्काे घर पुर्दा दुई जना घाइते भएका छन् ।

स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीया गोरी विक पहिरोमा परि घाइते भएका हुन् ।

उनीहरुलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!