सोमबार, फाल्गुण १९, २०७६ || 854  पटक पढिएको

भारतीय पुलिसले आइतबार दुई नहरबाट चारवटा शव बरामद गरेको छ । मृतकको पहिचान हुन सकेको छैन । यससँगै हिंसामा मृत्यु हुनेको संख्या४६ पुगेको छ । यससँगै २ सय बढी घाइते भएका छन् । पुलिसले आइतबार कुनै पनि हिंस्रक घटना सार्वजनिक नभएको बताएको छ ।

यद्यपि, दिल्लीका थुप्रै इलाकामा आइतबार बेलुकी स्थिती तनावग्रस्त भएको अपुष्ट खबर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरुबीच भागदौड मच्चिएको छ ।

यतिबेला बटाला हाउस इलाकामा शाह मस्जिद नजिकै भएको भागदौडमा २८ वर्षका एक व्यक्तिको मृत्यु भएको बीबीसी हिन्दीले बताएको छ ।

यद्यपि, एएसआई अशोक कुमारले भागदौडका कारण ती युवकको मृत्यु नभएको बताएका छन् ।

उनले भने, ‘ती व्यक्तिले सडकमा अपरिचित व्यक्तिलाई भेटेकाम थिए । मानिसहरुले उनलाई अस्पताल पुर्‍याए । भागदौडका कारण मृत्यु भएको भन्दै हाम्रोमा केही जानकारी नै आएको छैन । अनुसन्धान भइरहेको छ ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!