हिपमत डटकम

आइतबार, साउन १५, २०७९ || 7424  पटक पढिएको

विराटनगर । गीतमार्फत नेपाली भाषाको उत्थानमा सहयोग पु¥याउने पिछडिएका बाँतर समुदायका तीन जनालाई पुरस्कृत एवं सम्मान गरिएको छ।

हिमपत मिडिया हाउस र प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालद्वारा दोस्रो अनलाईन नेपाली गीत गायन प्रतियोगिता–२०२२ मा प्रथम, द्धितीय र तृतीय हुने क्रमशः चुडा सरदार( सत्यनारायण),द्धितीय विजयकुमार सरदार र तृतीय हुने राजीव सरदारलाई रु १५ हजार, १० हजार र पाँच नगद सहित सम्मान गरिएको छ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले पुरस्कार वितरण गर्दै मुलुकमा सङ्घीयता स्थापनाले सबैजातजातिको भाषा, संस्कृतिको संरक्षणमा सहयोग पुगेको बताउनु भयो ।

उहाँले मातृभूति, मातृभाषा र मातृलाई सदैव सम्मान गर्नुपर्नेमा जोड दिँदै आफ्नो पहिचात जोगाउन संस्कार, संस्कृति र भाषाप्रति आदर एवं संरक्षण गर्न आग्रह गर्नु भयो ।

हिमपत मिडियाका अध्यक्ष विरेन्द्रकुमार साह,नेपाली कांग्रेसका प्रदेश एकका कोषाध्यक्ष राजेश गुप्ता ,रेडियो नेपालका गायक रामा मण्डल, बरिष्ठ गायक बिरेन्द्र झा ,नितिन गजुरेल ,प्रवलदीप बिश्वाश , कवियत्रि सरिता तुलाधर,कविता केसरी,कमलेश कर्ण ,मैथली चलचित्रका नायक विजय कामत र कमलेश्वर ठाकुर लगायतले तराई तथा पहाडी क्षेत्रमा विभिन्न समुदायले बोल्ने लोप हुन लागेको भाषाको संरक्षणमा हामीसबै क्रियाशिल हुनु पर्नेमा जोड दिनु भयो ।

हिमपत मिडियाले कोभिड महामारी, स्वास्थ्य उपचार,दिनदुःखी , शिक्षाबाट वन्चितहरुलाई विगतदेखि सहयोग पु¥याउदै आएको छ।
सो अवसरमा मन्त्री यादवले कोभिड महामारीमा नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने विभिन्न महानुभावहरुलाई सम्मान गर्नु भएको थियो ।

प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालले आफ्नो जातिका प्रतिभाहरुलाई प्रोहोत्साना निरन्तर गरिरहन्छ। साथै यस समुहले गरिब दुखि तथा बेसहारा व्यक्तिहरुलाई निरन्तर आर्थिक सहयोग गर्दै आईरहेको समुहका अध्यक्ष रंजित सरदारले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!