हिपमत डटकम

आइतबार, साउन १५, २०७९ || 943  पटक पढिएको

काठमाडौं। साफ यु-२० फुटबल अन्तर्गत आज नेपालले तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको बेलुका सवा सात बजे सामना गर्नेछ ।

भारतविरुद्ध मैदान उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर बलियो भारतलाई हराउन त्यति सहज भने छैन ।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई चार–शुन्य गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई तीन– शुन्यगोल अन्तरले हराएको थियो ।

नेपाल दुई खेलमा छ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ ।

भारत दुई खेलमा तीन अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पाँच राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!