काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
दिउँसो तीन बजेपछि पाटी कार्यालय पेरिसडाँडामा हुने बैठकमा सरकारमा अर्थमन्त्री सिफारिस गर्ने विषयमा छलफल हुनेछ ।
संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्ने बताइएको छ ।
अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले गत असार २२ गते सभामुख अग्नि सापकोटाले छानविन विशेष समिति गठन गरेका थिए ।
सोही दिन अर्थ मन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए । बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुनेछ ।
यसअघि गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका पूर्वनिर्धारित कार्यतालिका हेरफेर गरेको थियो ।
अध्यक्ष दाहाल साउन २१ गतेदेखि २५ साउनसम्म जापान भ्रमणमा जाने भएकाले कार्यतालिका हेरफेर गरिएको हो ।