हिपमत डटकम

शुक्रबार, साउन १३, २०७९ || 1083  पटक पढिएको

विराटनगर । बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं. ०६ घर भई हाल सुनसरी धरान उप-महानगरपालिका वडा नं. ०९ बस्ने ३२ बर्षीय लक्ष्मण कार्की रहेका छन् ।

कार्कीलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा आज धरान उपमनपा वडा नं. १२ छाताचोक स्थित लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

फरार रहेका कार्कीको बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७७।०९।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः २ दिन कैद र ९ लाख ५० हजार जरीवाना भई लगत नं. ७६१ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो । पक्राउ परेका कार्कीलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!