एजेन्सी। सर्वाधिक आठ पल्टको च्याम्पियन जर्मनी महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सलाई दुई–एक गोल अन्तर ले पराजित गर्दै फ्रान्स नवौंपटक फाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्यान्डमा बुधबार राति भएको खेलमा जर्मनीको जितमा एलेसान्द्रा पोपले दुवै गोल गरिन् । फ्रान्सले उपहार गोल पाएको थियो । जर्मनीकी मर्ल फ्रम्सले आत्मघाती गोल उपहार दिएकी हुन् ।
१२औं संस्करण जारी रहँदा जर्मनी नवौं पटक फाइनलमा प्रवेश गर्न सफल भएको हो । जर्मनी फाइनल प्रवेश गरेको सबै आठैपटक च्याम्पियन टोली हो ।
अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । फाइनल साउन १५ गते राति हुनेछ ।
इंग्ल्यान्डले स्वीडेनलाई चार शुन्यले पराजित गर्दै महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।