काठमाडौ । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ । नेप्से २३ दशमलव ८३ अंकले बढेर २ हजार १ सय ११ दशमलव ९९ विन्दुमा पुगेको हो ।
बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा आज २ सय २७ वटा कम्पनीका ७५ लाख ८ हजार कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको झण्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो । जानकी फाइनान्स, यनाइटेड मर्दि हाइड्रो तथा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटाको सूचक उकालो लागेको छ । फाइनान्स समूहको सूचक सर्वाधिक चार दशमलब १३ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको दुई दशमलब छ प्रतिशतले बढ्ेको छ । तर ट्रेडिङको शुन्य दशमलम ५८ प्रतिशतले घटको छ ।
आज कुल १३ मध्ये व्यापारबाहेक बाँकी समूहको सूचक हरियो हुनपुगेको छ ।१ सय ५६ कम्पनीको सेयर बढेको छ भने १८ वटाको घटेको र ६ वटाको उही मूल्यमा कारोबार भएको छ ।