न्युजिल्याण्डले सोमबार क्राइस्टचर्च टेस्टमा भारतलाई सात विकेटले हराउँदै शृङ्खला २–० ले क्लीन स्वीप गरेको छ । पहिलो टेस्टमा भारत १० विकेटले पराजित भएको थियो ।

खेलमा टस हारेर भारतले पहिलो इनिङमा २ सय ४२ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड मात्र २ सय ३५ रनमा सिमित बनेको थियो ।

७ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङमा मात्र १ सय २४ रन बनाउन सक्यो । १ सय ३२ रनको लक्ष्य पाएको न्युजिल्याण्डले मात्र तीन विकेट गुमाएर त्यसलाई पछ्यायो ।

लक्ष्य पछ्याउन टम ल्याथम र टम ब्लनडेलले क्रमशः ५२ र ५५ रनको योगदान दिए । खेलमा अलराउन्डर कायल जेइमसम प्लेयर अफ द म्याच चुनिए ।

यसअघि, भारतले टी–२० सिरिज क्लिन स्वीप गरेको थियो भने एकदिवसीय खेलमा न्युजिल्याण्डले भारतलाई ३–० ले हराएको थियो ।

दुई खेलको टेस्ट शृङ्खलामा भारतका शीर्ष पाँच ब्याटसम्यानले मात्र ४ सय २९ रन बनाउन सके । २ या सोभन्दा बढी टेस्टमा भारतको यो सबैभन्दा खराब प्रदर्शन हो ।

यसअघि सन् २००२ मा न्युजिल्याण्डमा नै शीर्ष पाँच ब्याट्सम्यानले २ सय ९६ रन बनाएका थिए ।

शृङ्खलामा कप्तान विराट कोहली फ्लप साबित भए । उनले चार इनिङमा ३८ रन बनाउँदा मोहम्मद शमीले ३ इनिङमा ३९ रन बनाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!