हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 8377  पटक पढिएको

नेपाली नारीहरुको महान चाड हरितालिक तीज २०७९ लक्षित विभिन्न गीत संगीत बजारमा आउने क्रममा पछिल्लो समय थुप्रै गीतहरु मौलिकतालाई भुलेर मात्र ब्यवसाहिकता ध्यान दिईएको हो की भन्ने भान हुने गरेको छ । यसो हुँदा आउँदा पुस्ताले तीज गीतको यथार्थ स्वाद नपाउने निश्चित छ । यसैलाई ख्याल गर्दै पछिल्लो समय हरेक सांगीतिक मनहरुको ढुकढुकी बनेर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाई रहेकी लोकप्रिय गायिका शारदा रसाइलीले “आउ नाचौं” खर्ककी चेली भाग १ सार्बजनिक गरेकी छिन् ।

गीतमा आफ्नी आमा स्वर्गीय पाए पश्चात माइती गाउँ निकै अन्धकार बनेको कथा समाबेस गरिएको छ । सरोज बिरही कार्कीको मौलिक लय शब्दबाट तयार भएको गीतमा शारदा रसाइलीको नै सुमधुर स्वर सुन्न सकिन्छ । मन छुने तर नाच्नेलाई नाच्न मिल्ने किसिमको यस गीतलाई संगीत संयोजन भने नारायण दंगालले गरेका छन् । म्युजिक प्लस स्टुडियोमा रेकर्ड भएको “आउ नाचौं” खर्ककी चेली भाग १ बोलको यस तीज गीतमा आयुष्मा कार्की, संचिता बोलाखे र गायिका स्वयम् शारदा रसाइलीको आकर्षक अभिनय देख्न सकिन्छ ।

शारदा रसाइली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । गायिका शारदाले आफ्नो च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुको माया प्राप्त भएमा आगामी दिनमा थप यस्तै कर्णप्रिय गीत सार्बजनिक गर्दै जाने कुरा बताएकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!