हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 8643  पटक पढिएको

धरान। धरानमा हाइकिङ्ग जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठुलो भूमिका निभाउने सेवक अभियानले हाइकिङ्गसँग सम्बन्धित “हाइकिङ्ग गीत ” सार्वजनिक गरेको छ।

सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ) ,उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रुपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए भने प्रमुख अतिथि मेयर राईले सो गीतको लिरिकल भिडियो समेत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा चर्चित गायकहरु राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहार संगै मेयर हर्क साम्पाङको समेत स्वर रहेको छ । धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत मनोज मोतेको रहेको छ। धरानेहरुलाई नियमितरुपमा हाइकिङ्गमा जान अभिप्रेरित गराउन मुख्य भूमिका खेल्नुहुने सेवक अभियानको अभियानले नै होला हामी धराने हरु जाँगरिला भएर मेरो काममा सहयोग गर्न आउनुभएको भन्दै आफुले पनि स्वर भर्ने मौका पाएकोमा खुसि लागेको मेयर हर्क साम्पाङ्गले बताए।

पर्यटन प्रवद्र्धन र प्रकृतिमूलक गीत स्वास्थ्यका लागि प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको र चांडैनै यस गीतको म्युजिक भिडियो समेत निर्माण गरिन लागेको गीतकार राजिब हलवाईले बताए। २०७४ भदौ ३१बाट सेवक अभियान मार्फत हरेक शनिबार हाइकिङ्ग जान थालिएकोमा अहिले सम्म २१८ सप्ताह पुरा भैसकेको छ । सिल्भर इन्टरटेण्टमेन्टको सहकार्यमा सेवक अभियानले गीत निर्माण गरेको हो। सोही कार्यक्रममा धरानमा प्याकेजिंग गरेर अनुपमा प्याकेजिंग उद्योगले उत्पादन गरेको धरान टि मेयर, उपमेयर लगायत अतिथिहरुलाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, धरान फुटबल क्लब का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता किशोर राई , चर्चित गायक डिल्ली फोम्बो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!