हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 1597  पटक पढिएको

पाँचथर। पाँचथर तुम्बेवा गाँउपालिका २ मेवागाँउ स्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिल संचालक सोही स्थान बस्ने ३८ बर्षीय जिवन मगर रहेका छन् । हिजो दिउसो २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भिर घाईते भएका जिवनको हिजो बेलुका पौने ९ बजे घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ भने उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ बर्षीय पुर्ण बहादुर मगर समेत सामान्य घाईते भएकाले सोही अस्पतालमा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!