हिपमत डटकम

सोमबार, साउन ०९, २०७९ || 22332  पटक पढिएको

झापा। झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाम सन्दकपुर गाउँपालिका-२ बस्ने २७ बर्षीय रविन गुरूङ रहेका छन् । आज दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले संका लागी चेक जाँच गर्ने क्रममा गुरुङको साथबाट लागुऔषध ३ ग्राम ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिईएको हो ।

ब्राउनसुगर सहित पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!