हिपमत डटकम

सोमबार, साउन ०९, २०७९ || 3813  पटक पढिएको

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालबाट कम्युनिष्ट पार्टी कहिल्यैपनि अन्त्य नहुने दाबी गरेका छन् ।

नेपालबाट कम्युनिष्ट आन्दोलन समाप्त भयो भनेर भन्नु गलत हुने उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो उद्देश्यअनुसार काम गरेको भने आफूले नपाएको गुनासो पोखे ।

उनले भने,‘कम्युनिष्ट आन्दोलन समाप्त भएको छैन् । कम्युनिष्ट पार्टीहरुले देश, जनता र क्रान्तिको विषयमा सोचेर नै नीति तथा कार्यक्रम बनाएर अघि बढेका छन् ।’

उनले नेपालको कम्युनिष्ट पार्टीको संस्थापक नै पुष्पलाल भएको सुनाए । सिंहले आफ्नो पार्टीले संविधानमाथि पूरै स्विकार नगरेको पनि टिप्पणी गरे ।

उनले संघीयताले देशको भलाई नहुने जिकिर गरे । उनले नेपालजस्तो सानो देशमा प्रदेश संरचनाको आवश्यकत्ता नरहेको स्पष्ट पारे ।

सिंहले संघीयता नेपाल र नेपालीलाई नचाहिने भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरे । उनले स्थानीय निकायलाई नै मजबुद बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!