आइतबार, फाल्गुण १८, २०७६ || 1318  पटक पढिएको

बीरेन्द्रकुमार साह
मोरडको सुनबर्शी नगरपालिकामा आज राष्ट्रपति रनिङ कप प्रतियोगिता सप्पन्न भएको छ। सुनबर्शी नगरपालिकाको प्रमुख कालिप्रसाद दासको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सुनबर्शी नगरपालिका भरिको सामुदायिक बिधालयको बिद्यार्थीहरुको सहभागीता रहेको थियो। कार्यक्रमकि उदघाटन अन्य कार्यक्रमभन्दा फरक तरिकाले गरिएको थियो। बिद्यार्थीहरुलाई रनिङ गर्न बनाईएको कोडमा सुनबर्शी नगरपालिकाको प्रमुख कालिप्रसाद दास, सुनबर्शी नगरपालिका शिक्षा साखा प्रमुख रुद्र प्रसाद दुलाल ,वडा अध्यक्ष ,सुरक्षाकर्मिहरुले रनिङ गरेर कार्यक्रमको उदघाटन गरिएको थियो। १०० मिटर छात्र छात्रा दौड,२०० मिटर, ४०० मिटर,८०० मिटर छात्र छात्रा दौड,रिले दौड , भलिबल प्रतियोगिता ,सर्ट फुट लगायत १८ बिद्यामा खेल भएको थियो। सुनबर्शी नगरपालिकाका बिद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट पनि आफ्नो पहिचान बनाउन सक्ने एवम खेलकुदको माध्यमबाट नै देश तथा बिदेशमा सुनबर्शी नगरपालिकाको नाम राख्न भन्दै नगरपालिका दासले शुभकामना समेत दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!